News Portal

चारआलीमा बिल बिनाको मरेको माछा नियन्त्रणपछि नष्ट

रातोपोस्ट संवाददाता
२४५ पटक

झापा, ३१ भदाै । झापाको मेचीनगरबाट बिना बिलको मरेको माछा नियन्त्रणमा लिएको छ । प्रहरी चौकी चारआली, कोशी प्रदेश मत्छे किसान समूहका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको संयुक्त टोलीले मेचीनगर- १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा लैजाँदै गरेको २ सय ४० केजी माछा नियन्त्रणमा लिएको हो ।

बिना बिलको मरेको माछा मुल्य ७५ हजार मुल्य बराबरको रहेको छ । नियन्त्रणमा लिएको माछालाई पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो । चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकोले प्रहरी चौकी चारआलीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्