News Portal

काँकरभिट्टामा महाकवि देवकोटाको जन्मजयन्ती मनाइने

रातोपोस्ट संवाददाता
२४२ पटक

झापा, २ असाेज । नेपालको पूर्वी सीमा नाका काँकरभिट्टामा रहेकाे देवकाेटा पार्कले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ओैं जन्मजयन्ती धुमधामसँग मनाउने भएकाे छ ।

आज बसेकाे देवकाेटा पार्क समितिकाे बैठकले काँकरभिट्टामा ११४ओैं जन्मजयन्ती धुमधामसँग मनाउने निर्णय गरेकाे हाे ।

समितिले देवकोटाको ११४ओैं जन्मजयन्ती मनाउनका लागि समितिका सल्लाकार समिति संयाेजक बालकृष्ण थापाकाे संयाेजकमा ६ सदस्य समिति निर्माण गरेकाे छ । समितिले सदस्य सचिवमा शेखरकाजी थापा, सदस्यहरु जित बहादुर बस्नेत, मानबहादुर तामाङ, सुशील घिमिरे र उदय प्याकुरेललाई चयन गरेकाे छ ।

बैठकले आगामी शनिबारबाट नियमित रुपमा पार्ककाे सरसफाइ गने निर्णय गरेकाे समितिका सचिव फणीन्द्र घिमिरेले जानकारी दिएका छन् । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेकाे समितिका अध्यक्ष गणेशकुमार खरेलले बताए ।

प्रतिकृया दिनुहोस्