News Portal

अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा झापाका साह पक्राउ

रातोपोस्ट संवाददाता
२४६ पटक

झापा, १९ असाेज । झापाकाे दमकबाट अनलाइन सट्टेबाजी (बेटिङ) संलग्न भएकाे आरोपमा पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार दमक–१२ का ३० वर्षीय साहलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले साहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १ सय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरे । साहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काई चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।

‘उनले अरूलाई बेटिङ गर्न लगाएको, सट्टेबाजीजस्ता अनलाइन खेल खेलाएको प्रमाणित हुन्छ,’ एसपी रेग्मीले भने, ‘ उनले सबै कारोबार नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको पाइएको छ ।’ अभियुक्त साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्