News Portal

धुलाबारीमा असोज २६ गतेदेखि महोत्सव हुने

रातोपोस्ट संवाददाता
४९५ पटक

मेचीनगर, २१ असाेज । धुलाबारीमा मेची चेम्बर अफ कमर्सले दाेस्राे पटक महाेत्सव लगाउने भएको छ । आज कमर्सले धुलाबारी स्थित राेयल निर्वानमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा असाेज २६ गतेदेखि ´धुलाबारी महाेत्सव-२०८०´ लगाउने भएको जानकारी दिएकाे हाे । कमर्सका महासचिव प्रकाश खड्काले असाेज २६ गतेदेखि २१ दिने महाेत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

मेचीनगर नगरपालिका र जिल्ला प्रसाशन कार्यालय झापाबाट कानुनकाे मापदण्डमा रहेर महाेत्सव सञ्चालन गर्न पाउने स्वीकृति लिएकाे प्रदीप ईन्टरप्राइजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए । महाेत्सवमा कमर्सकाे ५ वटा स्टलसहित जम्मा १५ स्टल रहने छ । कमर्सकाे सचिवालय, स्वास्थ्य, मिडिया, हेल्थ डेक्स, अशक्त र अपाङ्ग, हस्तकलाकाे स्टलसहित अन्य १० वटा स्टल रहने उनले बताए ।

कृषि, पर्यटकीय व्यापारिक सांगीतिक तथा फुड फेस्टिवल महाेत्सवमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ । नाफा कमाउने उद्वेश्यले नभइ धुलाबारी बजारकाे पुरानाे साखलाई बचाउने र यहाँको कृषिलाई प्रबर्द्धन गर्ने लक्ष्यका साथ साे महाेत्सव लगाउने तयारी गरिएको महासचिव खड्काले बताए ।

महाेत्सवमा राेटेपिङ्ग, नाउँ, बालबच्चाका लागि मनाेरञ्जनका सामाग्री लगायत सांस्कृतिक कार्यक्रमहरू हुनेछ ।महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने छ । टिकटकाे मूल्य एक सयदेखि २ सय रूपैयाँसम्म लाग्ने छ । महाेत्सवमा सीसी क्यामेरा र सुरक्षाकाे प्रबन्ध मिलाइएकाे छ ।

महाेत्सवमा १० वर्षका विद्यार्थी, ज्येष्ठ नागरिक र असहायहरूलाई नि:शुल्क गरिएको आयोजककाे भनाई छ ।गतवर्ष आयोजना गरिएको महाेत्सव विभिन्न कारणले गर्दा घाटामा गएकाे कमर्सका अध्यक्ष रूकमिणा आचार्य पाेखरेलले बताइन् । उनले विगतकाे पाठ सिकेर यसपटक व्यवस्थित महाेत्सव लगाउन सुरू गरिएको बताइन् । उनले महाेत्सव सफल बनाउन सबैलाई सहयाेग गर्न आग्रह गरिन् ।

महाेत्सव सञ्चालनका लागि १ सय १ मुल समिति गठन गरिएको छ । महाेत्सव मुल व्यवस्थापन समिति संयाेजकमा कमर्सका निवर्तमान अध्यक्ष रविन वस्नेत, सहसंयाेजकमा ध्रुबविक्रम नेम्बाङ, सचिवमा प्रकाश खड्का लगायत रहेका छन् । महाेत्सव लगाउन धुलाबारी राेलिङ क्लबकाे अहम भूमिका रहेकाे छ ।

प्रतिकृया दिनुहोस्