News Portal

धुलाबारी महोत्सवमा आज ज्योति मगर आउने

रातोपोस्ट संवाददाता
४३६ पटक

झापा, १४ कात्तिक । धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा गत असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९औँ दिन नेपाली सांगितिक क्षेत्रकी गायिका मगरको मंगलबार साँझ दमदार प्रस्तुती रहनेछ ।

उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । छोटो सारी, साढे गोरु, जताततै मखमली फुल्यो, ढाडे बिरालो, उहि मुलाको सिन्की उही मुलाको चाना लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले बताए ।

धुलाबारी महोत्सवमा राष्ट्रिय कलाकारहरु को वेजोड प्रस्तुतिले दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । सोमबार चर्चित र्यापर लाहुरेले आधा दर्जन गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक शिव परियार, प्रमोद खरेल, माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्