झापा, १९ कार्तिक । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचनपछि महत्त्वका साथ हेरिएको महासमितिकाे चुनाव झापाभर हुँदैछ । महासमितिको चुनाव मिति नजिकिंदै गर्दा झापा क्षेत्र नम्बर १ मा चुनावी सरगम बढेको छ ।
काँग्रेसको महासमितिले पार्टीको विधान, नीति नियम बनाउने काम गर्ने भएकाे हुनाले यस चुनावलाई महत्वका साथ हेरिएकाे छ । झापाकाे क्षेत्र नम्बर १ मा ११ जना महासमिति चयनका लागि २१ जनाकाे नाम चर्चामा रहेकाे छ । धुलाबारीमा यहि कार्तिक २२ गते मनाेनयन दर्ता र २३ गते निर्वाचन हुने कार्यक्रम रहेकाे काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले जानकारी दिए ।
महासमितिकाे चुनावमा क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ६ सय ३७ जनाले मतदान गर्ने पनेरुले बताए । महासमितिमा खुल्लातर्फ ५ सदस्यका लागि विमल आचार्य , केशवराज पाण्डे, पकजविक्रम नेम्बांङ्ग, अशाेक पाेखरेल, राम कटेल, मणि उप्रेती, लाेकराज ढकाल, पुष्प पाैडेल र खड्ग धिमालकाे नाम चर्चामा रहेकाे छ । त्यसैगरी महिला २ सदस्यका लागि उषा गुरुङ, दुर्गा खतिवडा र साेभा श्रेष्ठ नेम्बांङ्गकाे नाम चर्चा रहेकाे बुझिएकाे छ । महासमितिकाे खस आर्य महिला १ पदमा टिका सुबेदी, चन्द्रकला भट्टराई र सुशिला रिजालकाे नाम पनि चर्चामा छ । आदिबासी जनजाती १ काेटाबाट प्रेम सम्बाहाम्फे, बालजित राई र कालु मेचेकाे नाम चर्चामा रहेकाे छ । जनजाति महिला १ पदमा डम्बरकुमारी थापाकाे नाम चर्चामा रहेकाे छ । त्यसैगरी खस आर्य पुरुष १ पदमा तेजप्रसाद चम्लागाईँ र राेहित बुढाथाेकीकाे नाम चर्चामा रहेकाे बुझिएकाे छ ।