News Portal

नेपाली कांग्रेस झापा १ महासमिति चुनावमा ११ पदमा २० जनाको उम्मेद्वारी

रातोपोस्ट संवाददाता
३१६ पटक

झापा, २२ कात्तिक । झापा १ मा नेपाली कांग्रेस महासमिति सदस्यको ११ पदमा २० जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाति महिला कोटामा डम्बरकुमारी थापा निर्विरोध निर्वाचित भएकी छन् ।

खुला ५ कोटामा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मेचीनगरका पुर्व मेयर विमल आचार्य, नेपाली कांग्रेस झापाका काेषाध्यक्ष केशवराज पाण्डे, पकजविक्रम नेम्बांङ्ग, अशाेक पाेखरेल, राम कटेल, मणि उप्रेती, लाेकराज ढकाल, पुष्प पाैडेल र खड्ग धिमालले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।

यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । तेजप्रसाद चम्लागाईँ (तेजु ) र राेहित बुढाथाेकीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दिएका छन् । प्रेम सम्बाहाम्फे लिम्बु, बालजित राईले उम्मेद्वारी दर्ता गराएका हुन् ।

खस आर्य महिला एक कोटामा तिन जना महिला नेतृले उम्मेदवारी दिएका छन् । टिका सुबेदी बराल, चन्द्रकला भट्टराई र सुशिला रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै दुई महिला खुला पदमा उषा गुरुङ, दुर्गा खतिवडा र साेभा श्रेष्ठ नेम्बांङ्गकाे उम्मेदवारी परेको झापा १ नम्बर क्षेत्रका मतदान अधिकृत चन्द्र शेखर गुरागाईले जानकारी दिए ।

महासमिति सदस्य पदको निर्वाचन भोलि धुलाबारीमा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्