News Portal

झापा क्षेत्र १ मा काँग्रेस महासमिति सदस्य चयनका लागि मतदान हुँदै

रातोपोस्ट संवाददाता
२६५ पटक

झापा, २३ कात्तिक । नेपाली कांग्रेसको झापा १ मा महासमिति चयनका लागि मतदान सुरु भएको छ । धुलाबारीको टाउन हलमा बिहान ८ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृत चन्द्र शेखर गुरागाईले जानकारी दिए । मतदानका लागि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । मतदान प्रक्रियाका लागि धुलाबारीको टाउन हलको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ । झापा १ मा महासमिति चयनका लागि ११ पदका लागि २० जनाको उम्मेदवार विच चुनाव भइरहेकाे छ ।

महासमिति चयनका ६ सय ७ जना मतदाता रहेका छन । आज दिउँसो १ बजेसम्म मतदान हुने र आजै मतपरिणाम घाेषणा गरिने मतदान अधिकृत गुरागाईले बताए । महासमिति खुला ५ कोटामा मेचीनगरका पुर्व मेयर विमल आचार्य, नेपाली कांग्रेस झापाका काेषाध्यक्ष केशवराज पाण्डे, पकजविक्रम नेम्बांङ्ग, अशाेक पाेखरेल, राम कटेल, मणि उप्रेती, लाेकराज ढकाल, पुष्प पाैडेल र खड्ग धिमाल विच चुनाव भइरहेकाे छ ।

यस्तै खस आर्यको एउटा कोटामा तेजप्रसाद चम्लागाईँ (तेजु ) र राेहित बुढाथाेकीले उम्मेद्वारी विच चुनाव भइरहेकाे छ । त्यस्तै आदिवासी जनजाति एउटा कोटामा प्रेम सम्बाहाम्फे लिम्बु, बालजित राई विच प्रतिस्पर्दा भइरहेकाे छ । खस आर्य महिला एक कोटामा तिन जना महिला नेतृ टिका सुबेदी बराल, चन्द्रकला भट्टराई र सुशिला रिजालकाे विच चुनाव हुदै छ । यस्तै दुई महिला खुला पदमा उषा गुरुङ, दुर्गा खतिवडा र साेभा श्रेष्ठ नेम्बांङ्ग विच चुनाव भइरहेकाे छ । आदिवासी जनजाति महिला कोटाबाट डम्बरकुमारी थापा भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्