झापा, २३ कार्तिक । नेपाली काँग्रेस महासमिति सदस्यमा झापा निर्वाचन क्षेत्र नं १ बाट ११ जना निर्वाचित भएका छन् । जसमा १० जना मतदानबाट र १ जना निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनबाट १० महासमिति सदस्यहरु निर्वचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।
खुला पुरुषतर्फ ५ पदमा बिमल आचार्य(३६५), केशवराज पाण्डे(३५२ ), राम कट्टेल(३५२ ), अशोक पोख्रेल( ३२३) र मणिकुमार उप्रेती(२६१) मतका साथ विजयी भएका छन् ।
त्यस्तै अन्य उम्मेदवारहरु पुष्प पौडेलले २४७ मत, लोकराज ढकालले २४१ मत, खड्ग धिमालले २२८ मत र पंकज नेम्बाङले १९५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
खुला महिलातर्फ २ पदमा दुर्गादेवी खतिवडा र उषा गुरुङ विजयी भएका छन् । खतिवडाले ३७६ मत तथा गुरुङले २९२ मत प्राप्त गरिन् । २६० मत प्राप्त गरेकी शोभा श्रेष्ठ तेस्रो स्थानमा रहिन् । त्यस्तै खस आर्य खुलाको १ पदमा तेजप्रसाद चम्लागाईँ(२७९)निर्वाचित भए । चम्लगाईँले प्रतिस्पर्धी रोहित बुढाथोकीलाई १० मतले पराजित गरे ।
खस आर्य महिलातर्फ चन्द्रकला भट्टराई(२०२) निर्वाचित भइन् । उनका प्रतिद्वन्दी शुशिला रिजालले १७० र टीका सुवेदीले १५० मत प्राप्त गरिन। त्यसैगरी आदिवासी जनजाती खुला १ पदमा प्रेम सम्बाहाम्फे(३७९) निर्वाचित भए । बलाजित राईले १६८ मत प्राप्त गरे । आदिवासी जनजाती महिलामा डम्बरकुमारी थापा यस अघि नै निर्विरोध भइसकेकी छिन् । बिहीबार सम्पन्न मतदानमा कुल ६०७ मध्ये ५६१ प्रतिनिधिले मतदान गरेका थिए ।