News Portal

चलचित्र पत्रकार संघ झापाको अध्यक्षमा रमेश चयन

रातोपोस्ट संवाददाता
२४७ पटक

झापा, २५ कार्तिक । चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ । झापाका चलचित्र पत्रकारहरूको भेलाले समिति गठन गरेको हो ।

शुक्रवार बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा पत्रकार रमेश तिवारी सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा समीर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन भएका छन् ।

तदर्थ समितिको सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , नीराजन निरौला, रविकिरण बान्तवा, सुनिता तामाङ, अस्मिता साँखी, दिपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् ।

संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि बलामीले चलचित्र पत्रकारिता अलग्गै विट भएको बताए । उनले पर्यटन क्षेत्रको विकासमा चलचित्रको भूमिका महत्त्वपूर्ण भएको बताउँदै पत्रकारिता क्षेत्रबाट त्यसमा कलम चलाउन जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस्