News Portal

झापा प्रहरीद्वारा ७ लाख ९५ हजार रुपैयाँ बराबरको पटाका नष्ट

रातोपोस्ट संवाददाता
२२० पटक

झापा, २५ कार्तिक । झापामा तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ (पटाका) जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरी नष्ट गरेको छ । झापाकाे काँकरभिट्टा, केचना, जलथल सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय मुल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।

बरामद गरिएको पटकामा खुर्सानी बम, फुल झरी, बुफेट बम, काेकटेल बम, चकलेट बम, झिरझिरे, इलेक्ट्रोनिक बम, रकेट बम, मटका बम, सुपर डिफक्स बम लगायतको पटाकाहरू रहेको उपरीक्षक खगेन्द्र रिजालले बताए ।

चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका प्रहरीले निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद गर्न सफल भएको उनको भनाइ रहेकाे थियाे । बरामद गरिएको पटाकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापा परिसरभित्र खाडल खनेर आज नष्ट गरिएको छ ।

प्रतिकृया दिनुहोस्