News Portal

झापामा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सरदार पक्राउ

रातोपोस्ट संवाददाता
२०४ पटक

झापा, ३ मंसिर । झापा सुरुङ्गाका सय बढी युवालाई रोजगारीका लागि क्रोएसिया लगिदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् । मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका-३ कनकाई टोलमा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्श नगरबाट शुक्रबार राति ९ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

कनकाई नगरपालिका ३ सुरुङ्गा बजार , कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै उनले प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम लिएका थिए । सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अन्य मानिसहरूलाई समेत विदेश पठाइदिने भन्दै रकम ठगी गरेको बताइएको छ । सरदारले गरेको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, वैदेशिक रोजगारी विभागलगायतमा उजुरी परेको थियो । गत साउन महिनादेखि उनी बेपत्ता रहेका थिए ।

प्रतिकृया दिनुहोस्