News Portal

अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

रातोपोस्ट संवाददाता
१९९ पटक

काठमाडौँ, ३ मंसिर । अस्ट्रेलियाले कीर्तिमानी छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो ।

प्रतिकृया दिनुहोस्