रातोपोस्ट संवाददाता
झापा, ५ मंसिर । झापा र इलामको संगमस्थल ठुटेवरमा ठुटेवर संरक्षण तथा विकास समितिको आयोजनामा बुद्धशान्ति गाउँपालिका–६ मा आजदेखि ठुटेवर मेला सुरु भएको छ । मेलाकाे उद्घाटन नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्माले गरेका छन् ।
त्यस, अवसरमा महामन्त्री शर्माले ६ करोडको लागतमा बुद्धशान्ति गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताए । उनले धुलाबारीदेखि ठुटेवरसम्मको सडक कालोपत्र गर्न सरकारले चार करोड विनियोजन गरीसकेको जानकारी दिए ।
मेला मङ्सिर ११ गतेसम्म जारी रहनेछ । हरेक वर्ष वैशाख पूर्णिमा र कात्तिक पूर्णिमा आयोजना हुँदै आएको मेला भर्न मोरङ, सुनसरी र भारतको दार्जिलिङबाट सर्वसाधारण आउने गरेका छन् ।