News Portal

बाहुनडाँगीमा प्याब्सन मेचीनगरले साँस्कृतिक कार्यक्रम गर्दै

रातोपोस्ट संवाददाता
५६६ पटक

झापा, ७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) मेचीनगरले मंसिर २१ र २२ गते साँस्कृतिक कार्यक्रम गर्ने भएकाे छ । प्याब्सन मेचीनगरले मंसिर १८ र १९ गते तय गरिएकाे साँस्कृतिक कार्यक्रम हिजाे बसेकाे प्याब्सन मेचीनगरकाे बैठकले मंसिर २१ र २२ गते मेचीनगर- ४ स्थित बाँहुनडागी सामुदायिक भवनमा गर्ने निर्णय गरेकाे हाे । मेचीनगर भरिका ३५ वटा विद्यालको सहभागिता रहने साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न तयारी भइरहेकाे प्याब्सन मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए ।

कार्यक्रममा नृत्य त गायनमा प्रतिभा प्रदर्शन गर्न सहभागी बिद्यार्थीको प्रतिभा फरक फरक हुने हुँदा बिद्यार्थीहरूको क्षमता र प्रतिभाको मुल्याङकन विधि बदलिएको वर्तमान अवस्थामा प्रथम दोस्रो र तेस्रो हुने परम्परागत विधिलाई विविधिकरण गरी नयाँ मुल्याङकन विधि सहित कार्यक्रम गर्ने लागिएको अध्यक्ष रुचालले बताएका छन् । नृत्य र गायन प्रतियोगितामा मेचीनगर भरिका ७ सय ८० जना बिधार्थीको सहभागिता रहने उनले बताए ।

गत बर्ष सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लामै प्रथम भएको मेचीनगर प्याब्सनले यस बर्षको सांस्कृतिक कार्यक्रमलाई बिषेश रुपमा हेरिएको छ । कार्यक्रम सम्पन्न गर्न ३ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ

प्रतिकृया दिनुहोस्