झापा, ८ मंसिर । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष उत्कृष्ट प्रतिभा पुरस्कार, उत्कृष्ट कृषि पुरस्कार र उत्कृष्ट गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका झापाका तीन जना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । उत्कृष्ट प्रतिभा पुरस्कार विपि काेराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका सञ्जीव शर्मा, उत्कृष्ट कृषक पुरस्कार मेचीनगर–५ बाहुनडाँगीका बद्री राउत र उत्कृष्ट गृहणी विर्तामोड- ४ कि हिमा लुइटेललाई पुरस्कृत गर्ने भएको हो ।
प्रतिष्ठानको आज पत्रकार सम्मेलन मार्फत उनीहरुलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले जानकारी दिए । शिक्षासेवी हरिचरण बानियाँ र उहाँको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।