News Portal

पत्रकार अक्षयकोषका लागि बरालको ५ हजार सहयाेग

रातोपोस्ट संवाददाता
२११ पटक

झापा, १० मंसिर । प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले अक्षयकोष स्थापनाका लागि ५ हजार रकम प्रदान गर्ने घोषणा गरेका छन् । शुक्रबार अध्यक्ष बरालले आफ्नो जन्मोत्सवमा प्रेस क्लव मेचीनगरकाे अक्षयकोष स्थापनाका लागि ५ हजार रकम प्रदान गर्ने घोषणा गरेका हुन ।

सञ्चारकर्मीको हितमा स्थापना गर्ने भनिएको अक्षयकोषका लागि रकम जुट्न थालेको छ । मेचीनगरभित्रका सञ्चारकर्मी आफैले कोषका लागि भन्दै सहयोग गरेपछि रकम जुट्न थालेको हो । यसअघि पत्रकार एबम् प्रेस क्लब मेचीनगरका पुर्वअध्यक्ष मुक्ति पौडेलले १० हजार रकम प्रदान गर्ने घोषणा गरेका थिए ।

त्यसैगरी, नारी संचार गृह झापाकी पुर्वअध्यक्ष पत्रकार अम्बिका भण्डारीले आफ्नो जन्मोत्सवको अवसरमा ५ हजार रकम प्रदान गरिसकेको प्रेस क्लव मेचीनगरककी काेषाध्यक्ष विनिता शर्माले बताइन् । हालसम्म संचारकर्मीबाटै २० हजार रकम घोषणा भइसकेकाे काेषाध्यक्ष शर्माले जानकारी दिइन् ।

मेचीनगरमा रहेका क्रियाशिल पत्रकारको श्रीवृद्धिका लागि ५ लाखको अक्षयकोष स्थापना गर्ने योजना अनुरुप सहयोग संकलन गरिएको शर्माले बताइन् । जन्मदिन तथा उत्सव मनाउँदा भड्किलो र खर्चिलो रुपमा मनाउने रकमलाई अक्षयकोष स्थापनार्थ प्रदान गरेकोप्रती क्लबले उच्च सम्मानसमेत व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्