News Portal

परिर्वतन थिएटरमा ‘भ्रुण’

रातोपोस्ट संवाददाता
६३८ पटक

झापा, १३ मंसिर । झापाको काँकारभिट्टामा रहेको परिवर्तन थिएटरमा बुधबार नाटककार तथा रंगकर्मी केदारनाथ पौडेलको ‘भ्रुण’ नाटक प्रर्दशन भएकाे छ ।

संवाद बिहीन यो नाटकका कलाकार पनि रचनाकार स्वयम पाैडेल नै थिए । यस नाटकमा मानिसले आमाको पेटमा गर्ने संघर्षदेखी लिएर जीवनका विभिन्न चरणमा गर्ने संघर्ष हुँदै मृत्युसम्मको अवस्थालाई देखाइएको छ ।

यस नाटक हेरिसके पछि पोखराको नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष डा. रामचन्द्र पोखरेलले यो नाटकमा नविनशैलीमा सिङ्गो जीवनको चक्र देखाइएको बताए । साथै उनले यसले नाटकको पूर्वीय र पाश्चात्य दुवै दर्शनमा रहेको संवादको अनिवार्यतालाई उल्लंघन गरेर नाटक दर्शनमा नवीनता थपेको बताए ।

नाटककार पौडेलले नाटक हेर्न उपस्थित मेचीनगर–६ का जनप्रतिनिधिहरुलाई परिवर्तन थिएटरको स्तरोन्नति गर्न ध्यान दिन सुझाव पनि दिएका छन् । परिवर्तन थिएटरले नाटककार पौडेल र प्रतिष्ठान अध्यक्ष पोखरेललाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्