News Portal

सामुदायिक वनकाे साधारण सभामा विद्यार्थीलाई छात्रवृत्ति

रातोपोस्ट संवाददाता
१७८ पटक

झापा, २५ मंसिर । बहुवन सामुदायिक वन उपभोक्ता समूह मेचीनगर २, ३ र बुद्धशान्ति ५ को ३५ औँ साधारणसभा सोमवार सम्पन्न भएको छ । सामुदायिक वनको कार्यालय परिसर डाडाँगाउँमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले गरेका थिए ।

वनका अध्यक्ष भुवनविक्रम थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा यस वनको कार्यक्षेत्रमा रहेका ३ वटा विद्यालयका ६ जना विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरिएको थियो । सामुदायिक वनले हरेक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति वितरण गर्दै आएको छ । जसमा बलभद्र आधारभूत विद्यालय, नव ज्योति आधारभूत र गौतम बुद्ध प्राविका ६ जना विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा वनको लेखा प्रतिवेदन लेखा समितिका संयोजक निरज पोखरेल, वार्षिक प्रतिवेदन अध्यक्ष भुवनविक्रम थापा र गरिवि न्यूनिकरण प्रतिवेदन रेवतसेन मगरले प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथि मेचीनगर सामुदायिक वनकी अध्यक्ष जानुका ओली, सामुदायिक वन प्रदेश सदस्य चन्द्र दास, समाजसेवी मेगेन्द्र थापा, शिक्षक धनराज भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष युवराज कट्टेल, धनबहादुर सारु, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । सचिव सञ्जु कार्की मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव रमेश भट्टराई र श्याम पुलामीले गरेका थिए । वन २०५३ सालमा स्थापना भएको उक्त वन ३ सय २ हेक्टर जमिनमा फैलिएको उपाध्यक्ष काजी मेचेले बताए ।

प्रतिकृया दिनुहोस्