News Portal

बाहुण्डाँगीमा आजदेखि दोस्रो तरुल महोत्सव हुँदै

रातोपोस्ट संवाददाता
२२६ पटक

झापा, २९ पुस । झापाकाे मेचीनगर- ४ स्थित बाहुण्डाँगीमा आजदेखि दुई दिने तरुल महोत्सव हुँदै छ । मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर- ४ को व्यवस्थापनमा आज पुस २९ र भाेलि माघ १ गते बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव हुने भएको हो ।

महोत्सवको तयारी पुरा भएकाे मेचीनगर- ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव आयोजना हुँदैछ, ‘तरुल किन्न सबैलाई निम्तो गर्दछु उनले भने ।’ स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक मानिएको तरुल खेतिलाई प्रोत्साहन गर्न र ग्रामीण जीवनशैलीलाई हौसला प्रदान गर्न तरुल महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।

गत बर्ष माघ १ गतेका दिन एक दिवशीय आयोजना गरिएको तरुल महोत्सव यो बर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ । कोशी प्रदेशमै बाहुण्डाँगीमा मात्रै आयोजना हुने तरुल महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको छ ।

प्रतिकृया दिनुहोस्