News Portal

मेचीनगर लेडी जेसीज पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पवित्राले समालिन् मेचीनगर लेडी जेसीज नेतृत्व

रातोपोस्ट संवाददाता
१६८ पटक

झापा, २९ पुस । मेचीनगर लेडी जेसीज वर्ष २०२४ को नेतृत्व पवित्रा विमली प्रसाईले समालेकी छिन् । मेचीनगर–१० स्थित कृष्ण पार्टी प्यालेसमा शनिबार आयोजित लेडी जेसीजको १० औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३ की रश्मी थापाले वर्ष २०२४ की प्रसाईलाई चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल, विशिष्ट अतिथिहरु पूर्व अध्यक्ष फुलकुमार मारवनी, कार्यकारिणी उपाध्यक्षमा भिमबहादुर कुँवर, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थाका संस्थापक अध्यक्ष कविता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा यसवर्षको ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ मेचीनगर लेडी जेसीजका शर्मिला तिम्सिनालाई प्रदान गरिएको छ । मेचीनगर लेडी जेसीज वर्ष २०१५ का अध्यक्ष टीका सुवेदीले आमाको स्मृतिमा स्थापना गरेको सम्मान तथा पुरस्कार दाता टीका सुवेदी लगायतले तिम्सिनालाई प्रदान गरेका थिए । उनको नाम मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष एवम् कानुनी सल्लाहकार सुशीला खतिवडाले घोषणा गरिन् ।

यसैगरी, संस्थाका संस्थापक अध्यक्ष कविता शर्माले आफ्नी दिंवगत सासुआमा सावित्रा र ससुराबुवा परशुराम शर्माको नाममा स्थापना गरेको पुरस्कार र सम्मान लक्ष्मी कोइरालालाई प्रदान गरिएको थियो । पुरस्कार तथा सम्मान संस्थापक अध्यक्ष कविता शर्मा तथा कार्यक्रम संयोजक सुष्मा राजवंशीले प्रदान गरेका थिए ।
पहिलो चरणको अध्यक्षता मेचीनगर लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष रश्मी थापाले, स्वागत कार्यक्रम संयोजक सुष्मा राजवंशीले र सञ्चालन महासचिव सविता पोखरेलले गरेकी थिइन् । त्यस्तै दोस्रो चरणको अध्यक्षता वर्ष २०२४ की प्रसाईले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्