News Portal

वक्तृत्वकला प्रतियोगितामा चिरञ्जीवी कोइराला प्रथम

रातोपोस्ट संवाददाता
१९६ पटक

झापा, १० माघ । मेचीनगरमा बुधबार भएको अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला प्रथम भएका छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाकाे आयोजनामा भएकाे प्रतियोगितामा दोस्रो स्थान बाल सुवोधिनि माविका रमेश नेपाल र तेस्रो स्थान कविशिरोमणि माविकी उषा निरौलाले सुरक्षित गर्न सफल भएकी थिइन् ।

प्रथमलाई ५ हजार तथा प्रमाणपत्र, द्वितीयलाई ४ हजार तथा प्रमाणपत्र र तृतीयलाई ३ हजार तथा प्रमाणपत्र प्रदान रहेकाे थियाे । प्रतियोगिताका विजयी विद्यार्थीलाई शुक्रवार भन्सार दिवश समारोहमा पुरस्कार राशी वितरण गरिने जानकारी दिएकाे छ । प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी विभिन्न १५ वटा स्कुलका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए ।

कार्यक्रममा आयोजक मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले भन्सार दिवशको उपलक्ष्यमा विद्यालयमा भन्सारबारे सचेतना अभिवृद्धि गर्न गरिएको अन्तक्र्रिया उपलब्धिमूलक रहेकाे बताए । । जनतासँग भन्सार के हो भन्नेबारे कार्यक्रम गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी प्रमुख आतिथ्यता रहेकाे थियाे भने प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, पत्रकार पर्वत पाेर्तेल, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दिपक भारती, ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरका प्रमुख राजेश तिवारी, भन्सार कार्यालयका कर्मचारी, स्कुलका शिक्षक शिक्षिका लगायतको आतिथ्यता रहेकाे थियो । प्रतियोगितामा बाल जागरण मञ्च झापाका अध्यक्ष मणिकुमार लिम्बू र सहप्राध्यापक तथा सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौला निर्णायक थिए । मुक्ति पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्