झापा, २९ फागुन । मेचीनगर नगरपालिकाका मेयर गाेपाल चन्द्र बुढाथोकीले विदेशी भाषा पढ्न अब काठमाडौँ र बिर्तामोड धाउनु परेन आगनमा नै आएको बताएका छन् । आज विहान मेचीनगर-१० धुलाबारी स्थित पूजा कम्लेक्समा नेक्सस एजुकेसनल कन्सलटेन्सीकाे शाखाकाे उद्घाटन गर्दै उनले विदेशी भाषा पढ्ने विद्यार्थीहरूलाई सहज भएको बताएका हुन् ।
उनका अनुसार नेपाल पढेर मात्र हुँदैन, विश्वकाे भाषा पनि पढ्नु पर्छ । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा मंगलबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मात्र सम्बाेधन गरेका थिए ।
कार्यक्रममा मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, १० नम्वडाका वडाध्यक्ष नारायण खनाल लगायत समाजसेवी र वुद्विजिवीहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कन्सलटेन्सीका प्रबन्ध निर्देशक विष्णु खड्काले भाषा सिक्न टाडा जाँदा खर्च र समय जाने भएकोले त्यसलाई राेक्न पनि विद्यार्थीलाई गाउँ घरबाटै सेवा दिने उदेश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।
नेक्ससको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ । शाखा कार्यालय उद्घाटनका दिन युके अध्ययन गर्न जानेका लागि एड्मिसन खुल्ला गरिएको छ ।
नेक्ससले भिषा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ । शैक्षिक परामर्शदाताहरुले विद्यार्थीलाई आफ्नो अनुभव शेयर गर्दैछन् । नेक्ससका प्रबन्ध निर्देशक विष्णु खड्काकाे अध्यक्षता, शाखा कार्यालयका प्रमुख अर्जुन तिवारीले र सञ्चालन रविन पाठकले गरेका थिए । यसैगरी धुलाबारीमा एकहप्ताअघि मात्र साेही कम्लेक्समा अर्काे कन्सलटेन्सीकाे शाखा स्थापना भएको छ ।