News Portal

राजनीतिक दलका समिकरणविरुद्ध उभियो स्वतन्त्र उमेद्वारहरुको समुह (यी हुन् स्वतन्त्र उमेद्वार )

नवराज सुवेदी
४४२ पटक

मेचीनगर, ६ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व सम्हाल्न स्वतन्त्र उमेद्वारहरु समुह नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् । सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समुह निर्माण गरेर स्वतन्त्र उमेद्वारहरुले आज (आइतबार) उमेद्वारी घोषणा गरेका हुन् ।

जसअन्तर्गत अध्यक्षमा सुदर्शन खड्काको उमेद्वारी घोषणा भएको छ भने उपाध्यक्षमा कृष्ण सुवेदी (किरण), सचिवमा नरेन्द्र सिवाकोटी तथा कोषाध्यक्षमा सुधादेवी खड्काको उमेद्वारी घोषणा भएको छ । यसैगरी सदस्यहरुमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवालले उमेद्वारी घोषणा गरेका छन् ।

यसैगरी उक्त समुहले लेखा समितिमा पनि उमेद्वारी घोषणा गरेको छ । लेखा समितिको संयोजकमा भेषराज ओली र सदस्यमा बिनोद बानिँयाको उमेद्वारी घोषणा भएको छ । अन्य दलहरु गठबन्धन तथा विभिन्न समिकरण बनाएर चुनावी प्रक्रियामा सहभागी भइरहँदा स्वतन्त्र उमेद्वारहरु भने समुह निर्माण गरी चुनावको मैदानमा उत्रन लागेका हुन् ।

धेरैको आशंका यो समुह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उमेद्वारहरुको समुह हो भन्ने छ । उमेद्वारहरुले भने यो कुनै पार्टी वा दल निकट नभइ स्वतन्त्र उमेद्वारहरुको समुह रहेको बताएका छन् । अर्थात यस समुहमा कुनै पार्टीबाट मात्र नभइ स्वतन्त्र उमेद्वारी दिने सम्पूणर्को सहभागिता रहेको उमेद्वारहरुको तर्क छ ।

‘सम्पूणर् उपभोक्ताहरुको प्रतिनिधित्व गर्दै चुनावमा होमिएको यस समुहले खानेपानी संस्थाको विकास र प्रगतिलाई सँधै प्राथमिकतामा राखेर काम गर्छ’, उमेद्वार घोषणा कार्यक्रमका संचालक समेत रहेका रास्वपा मेचीनगर सभापति कमल गौतमले भने, ‘आम उपभोक्तालाई सँधै स्वच्छ र शुद्ध पिउने पानी उपलब्ध गराउनु यस समुहको प्रमुख उद्देश्य हो ।’

यहि जेठ २६ गते खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न राजनीतिक दलको नेतृत्व र सहभागितामा दुईवटा प्यानलबाट उमेद्वारी घोषणा भइसकेको छ । अहिलेसम्मको आंकलन अनुसार खानेपानी संस्थाको निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्