रातोपोस्ट संवाददाता
काठमाडाै, १ साउन । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य मंगलबारदेखि कार्यान्वयनमा आएको छ। निगमले सोमबार पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो ।
भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धि भएसँगै आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ ।