News Portal

कनकाईमा मोटरसाइकलको ठक्करबाट घाइते उमादेवीको मृत्यु

रातोपोस्ट संवाददाता
९२ पटक

झापा, २३ साउन । झापाको कनकाई नगरपालिकामा ५ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा हिजो दिउँसो ३ः३५ बजे मृत्यु भएको हो ।

उनलाई गत साउन १७ गते कनकाई–१ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ बस्ने ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको डिएसपी प्रकाश विष्टले बताए । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

उमादेवी कनकाई नगरपालिकाअगाडि अञ्जु कार्कीको होटलमा सहयोगीका रुपमा कार्य गर्दै आएकी थिइन् । उनका पतिले ३ वर्षपहिले आत्महत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस्