News Portal

बर्षाका कारण जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित

रातोपोस्ट संवाददाता
१६ पटक

झापा, १२ असोज । झापाको मेचीनगर- ८ स्थित इटाभट्टा फुटबल क्लबले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि आजदेखि सञ्चालन गर्ने तयारी गरेकोमा बिगत केहि दिनदेखि आएको अभिरल बर्षा र बाढीका कारण खेल स्थगन गरिएको छ ।

स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै असोज १९ गतेसम्म प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरिएकोमा हाललाई स्थगन गरि आगामी कात्तिक २ गतेदेखि ९ गतेसम्म आयोजना गरिने आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा गराउने तयारी थियो तर, अहिलेलाई प्रतियोगिता रोकिएको उनको भनाइृ छ ।

प्रतियोगिताको सबै प्रक्रिया पूरा गरी तयारी समेत सम्पन्न गरिसक्न आटेको बेला केहि दिनदेखि आएको बर्षा र बाढीले खेल खेलाउन असहज भएको क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए । प्रतियोगितामा मेचीनगर-८ वडा कार्यालय सह-आयोजक रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीय उद्योगी- ब्यवसायी एवम् संघसंस्था तथा विदेशमा रहेका मेचीनगरबासीबाट आर्थिक सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्