मेचीनगर, ९ पुस । कृसमसको अवसर पारी मेचीनगर–१० स्थित सालभेसन आर्मी चर्चले करिब २० हजार बराबरको खाद्यन्न लगायतका सामान सहयोग गरेको छ ।
मेचीनगर ४ मा रहेको मानव सेवा आश्रमलाई चर्चले उक्त सामान हस्तान्तरण गरेको हो । चर्चका संरक्षक सुर्य प्रसाद राईको नेतृत्वमा सोमबार एक कार्यक्रमका बीच उक्त समान हस्तान्तरण गरियो ।
साथै उक्त संस्थाले मेचीनगर–७ मा रहेको समाज सेवा सुधार संस्थालाई पनि सहयोग गरेको छ । संस्थाका अध्यक्ष सु्र्य प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मेची चेम्बर अफ कमर्शका महासचिव प्रकाश खड्काको विशेष आतिथ्यता रहेको थियो भने व्यवसायी सत्यम खड्काको समेत आतिथ्यता रहेको थियो ।
प्रेम कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले आउँदा दिनमा यस प्रकारका कार्यमा सक्रिय रहन आग्रह गरे । कार्यक्रममा ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।