News Portal

पत्रकार खगेन्द्र घिमिरे सम्मानित

रातोपोस्ट संवाददाता
९४ पटक

मेचीनगर, ७ पुस । बिहानी बचत तथा ऋण सहकारी संस्था मेचीनगरले पत्रकार खगेन्द्र घिमिरेलाई नगदसहित सम्मान गरेको छ । संस्थाको १६ ओै वार्षिक साधारण सभाको अवसरमा खोज पत्रकारिताको माध्यमबाट कलम चलाउने अनुसन्धान मिडियाका पत्रकार घिमिरेलाई सम्मान गरेको हो ।

संस्थाले सोही अवसरमा स्वास्थ्य क्षेत्र विद्या शिवाकोटी, एसइई उत्कृष्ट बिराज प्रसाईँ, खेलाडीतर्फ तेक्वान्दो डोजाइका खेलाडी नम्रता खड्का लगायतलाई नगदसहित सम्मान पत्रले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाईँको अध्यक्षता तथा मेचीनगर नगरपालिका १२ का वडाध्यक्ष मधुसूदन निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता लक्ष्मी कुमारी माझी, उत्कृष्ट ऋणी देवी चेने लिम्बु, उत्कृष्ट बाल बचतकर्ता असीम खनाल, उत्कृष्ट खुत्रुके बचतकर्ता बिपना मेचेलाई नगदसहित सम्मान गरिएको छ । त्यस्तै शेयर पुँजी १ लाख पुयाउनु हुने शेयर सदस्यहरू दीपेश राई, तपन रिजाल, विष्णुलाल सुबेदी, विष्णु प्रसाईँ,बलराम कडरिया, हरिमाया बराल, हरिमाया बराललाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार खगेन्द्र घिमिरे, मिनिल्याण्ड स्कुल प्रिन्सिपल चन्द्रप्रकाश प्रसाईँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग क्षेत्रीय प्रबन्ध विशाल सापकोटा, बिहानी साकोसका पूर्व अध्यक्ष पुण्य प्रसाद कडरिया, बिहानी साकोसका पूर्व अध्यक्ष सन्तोषकुमार मेचे लगायतको आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष विनोद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुनिता रिजालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्