News Portal

  • मोटर कारखानामा लगानी सम्झौता

    रातोपोस्ट संवाददाता
    ४७४ पटक

    काठमाडौँ। रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ ।

    १० अर्ब ५४ करोड ९१० करोड ५० लाख अमेरिकी डलर० लागत अनुमान गरिएको सो परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ ।
    बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार यसले सवारी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने विषयमा पहिलो तहको समझदारी जुटेको हो । यो सम्झौतापछि नेपाल र कोरियाका लगानी बोर्डले उद्योग स्थापनाका लागि निर्णय गर्नुपर्ने हुन्छ ।

    दुवै देशका लगानी बोर्डको स्वीकृतिपछि नेपालमा कम्पनी तथा उद्योग दर्ताको प्रक्रिया सुरु हुने छ । उद्योगमा शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी हुने छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)