News Portal

काेराेनाकाे उच्च जोखिममा सिमा नाका, अस्थायी हेल्थ डेस्क सरकारको देखाउने दाँतमात्र

रातोपोस्ट संवाददाता
९२१ पटक

प्रविण अधिकारी 

झापा। भारतसँग सिमाना जााेडिएकाे पूर्वकाे मुख्य नाका झापाको  काँकडभिट्टामा काेराेना भाइरस संक्रमित ब्यक्ति नेपाल प्रवेश गर्न नदिन राखिएको अस्थायी हेल्थ डेस्क सरकारको देखाउने दाँत मात्रै भएको छ।

भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई काेराेना चेकजाँच गर्नकाे लागि अस्थायी हेल्थ डेस्क राखिएको भएपनि प्रभावकारी नभएको पाइएको छ।

भारत लगायत तेस्रो मुलुकबाट पानिटंकि हुँदै काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने गरेका केही पैदल यात्रिहरुलाई काेराेना चेकजाँच गरेर नेपाल प्रवेश गराउने गरिए पनि गाडि,माेटरसाइकल, साइकल,अटाे रीक्सा लगायतका सवारीसाधन मार्फत नेपाल प्रवेश गर्ने कुनै पनि व्यक्तिलाई चेकजाँच नगरी नेपाल प्रवेश गर्न दिएसँगै अस्थायी हेल्थ डेस्क सरकारले जनताको आँखामा छाराे हाल्ने काम मात्रै गरेको सर्वसाधारणकाे बुझाइ छ ।

जिल्ला प्रशासन स्वास्थ्य कार्यालय झापाकाे समन्वय तथा सहजीकरण तथा मेचिनगर नगरपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा माघ १४ गतेदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क)राखिएको भएपनि कर्मचारीको अभाव र व्यवस्थापनमा चरम लापरबाहीका कारण काकडभिट्टा नाकाबाट काेराेना संक्रमित ब्यक्ति खुलेआम नेपाल प्रवेश गर्न सक्ने र नेपालमा उच्च जाेखिम हुने देखिएको छ।

केहि दिनअघि मात्रै यहि नाकामा २ जना युक्रेनि नागरिकलाई कोरोनाको संक्रमण आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको थियोे ।

नाकाको अस्थायी हेल्थ सेन्टरमा जाँचका क्रममा ३४ वर्षीय एन्ड्रिन लार्जेगिन र उनकी पत्नी ४३ वर्षीया ओलेना क्लिन्कोको शरीरमा १ सय ४ फरेनहाइट भन्दा माथि ज्वरो देखिएको र रुघाखोकी समेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले बताइन।

उता भारत सरकारले नेपाल हुँदै भारत प्रवेश गर्ने पैदल यात्री देखि विभिन्न सवारीसाधन प्रयोग गरेर भारत प्रवेश गर्ने ब्यक्तिहरुलाई बिना चेकजाँच प्रवेश गर्न दिएको छैन।

जसका कारण भारतले सिमा नाकामा उच्च सतर्कता अपनाएको पाइएको छ। तर यता नेपालमा भने भगवान भराेसाकाे अवस्था रहेको सर्वसाधारणकाे बुझाइ छ ।

यदि सिमा नाकामा कुनैपनि ब्यक्तिलाई काेराेना भाइरसकाे संक्रमण देखा परेपनि झापाका कुनैपनि अस्पतालमा आइसोलेसन वार्ड नभएको र उनिहरुलाई धरानस्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पुर्याउनु पर्ने अवस्था रहेको छ।

प्रतिकृया दिनुहोस्