News Portal

सीमानाका बन्द भए पनि पेट्राेलियम पदार्थ आयात नरोकिने

रातोपोस्ट संवाददाता
६६६ पटक

काठमाडौं । सरकारले भारत र चीन दुवैतर्फ सीमानाका बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ आयात भने नरोकिने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले ७ दिनका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेपनि पेट्राेलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने  नेपाल आयल निगमले जानकारि दिएकाे छ ।

साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसारसंग समन्वय गरी पेट्राेलियम पदार्थकाे ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्