News Portal

विप्लव नेतृत्वको नेकपाले दियाे शहिद तथा वेपत्ता परिवारलाई राहत सामाग्री

रातोपोस्ट संवाददाता
११३९ पटक

अछाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको छ । १ हप्ता अगाडी सुरु गरिएको राहत वितरण कार्यक्रमकै निरन्तरतामा आज रामारोशन गाउँपालिकामा राहत वितरण गरेको छ ।

गाउँपालिकामा रहेका शहिद परिवार, राजबन्दी परिवार, वेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री वितरण गरिएको जिल्ला जनसरकार अछामका प्रमुख सौगातले जानकारी दिएका छन् ।

जनयुद्धकालमा शहिदले गरेको बलिदानका कारण सत्ताको बागडोर समाल्न पुगेकाहरुले शहिदका सपना त बेचर खाए खाए आफ्नो सन्तान गुमाएर एकल जिवन व्यतित गरिरहेका शहिद परिवार आमा बुबालाई समेत विश्वव्यापि महामारीको कारण भोकभोकै रहेको अवस्थामा शहिद परिवालाइ बेवास्ता गरेको कारण हामीले अत्यन्त प्रतिकुल समयका बाबजुद पनि घर आगनमै गएर राहत वितरण गर्नु परेको समेत जानकारी दिए ।

निर्वाचनताकाे समयमा समाजवादका खोक्रा नारा घन्काएर मत बटुल्ने वर्तमान सरकारका शासकहरुले राहत वितरणको नाममा आफ्ना कार्यकर्ता पोस्ने काम लागेकाे र सस्तो लोकप्रियताको व्यापार मात्रै गरेको सम्बन्धित गाउँका सरोकारवाला व्यक्तिले वारम्बार वास्तविक पिडितहरुलाई मात्र राहत प्रदान गर भनिरहँदा त्यसको कुनै सुनुवाइ नगरी प्रतिनिधिको नजरमा परेकोलाई मात्र राहतमा समेटिएको हुँदा सरकारले वितरण गरेको राहतमा छुट्न गएका शहिद, राजवन्दी र अति विपन्न परिवालाई आफुले राहत वितरण गरेको पनि जानकारी जनसरकार प्रमुखले दिए ।

प्रतिकृया दिनुहोस्