News Portal

भारतिय हस्तक्षेपका विरुद्ध झापा सहित विभिन्न जिल्लामा विप्लव निकट युवा संगठनको मसाल जुलुस

रातोपोस्ट संवाददाता
१३१४ पटक

झापा।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेचिकाेसी ब्युरोले झापा लगायत ब्युरो अन्तर्गतका इलाम,पाँचथर ,ताप्लेजुङ ,माेरङ र सुनसरीका विभिन्न स्थानमा मसाल जुलुस गरेको छ। भारतले नेपाली भुमि कालापानी ,लिपुलेक-लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको भन्दै उक्त कार्यका विरुद्ध युवा संगठनले मसाल जुलुस गरेको मेचिकाेसि ब्युरो संयोजक समरले जानकारी दिए।
मसाल जुलुस कार्यक्रमलाई विभिन्न जिल्लाका जिल्ला नेताले सम्बोधन गर्दै उक्त कार्यक्रमकाे काेणसभामा बाेल्ने क्रममा आक्राेश ब्यक्त गरे ।
ब्युरो संयोजक समरले भने-यदि केपी प्रचण्ड नेतृत्वको सरकारले सिमा रक्षा गर्ने साहस राख्दैन भने हामी सिमा रक्षाका लागि बलिदान गर्न तयार छाैँ। उनले भारतिय हस्तक्षेप दलाल संसदिय व्यवस्था रहुञ्जेलसम्म नटुंगिने भन्दै आफुहरु अब चुप लागेर नबस्ने बताए । यस्तै हिजाेमात्रै साेहि पार्टीको झापा जिल्ला समितिले प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र माेदिकाे पुतला दहन गरेको थियोे ।

प्रतिकृया दिनुहोस्