रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं ।नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।