News Portal

कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह

रातोपोस्ट
६९१ पटक

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ ।

शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् ।

शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ । कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ ।

भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’’ डा। थापा भन्छन् । गोरखापत्र

प्रतिकृया दिनुहोस्