News Portal

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

रातोपोस्ट संवाददाता
४६४ पटक

दैलेख। दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। दुल्लु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। उनी १० दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। दुल्लु नगरपालिकाले उनीसहितको समूहलाई भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर दैलेख ल्याएको थियो।

क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि तीन दिन अघि नै सुर्खेत पठाइएको भएपनि अहिलेसम्म रिपोर्ट नआएको दैलेख अस्पतालका डा.पुजा बिसीले जानकारी दिइन्। ‘स्वाब परीक्षणको रिपोर्ट शनिबार साँझसम्म आउँछ होला,’ उनले भनिन्, ‘प्रारम्भिक लक्षण हेर्दा उहाँको मृत्यु हृदयघातबाट भएको अनुमान हामीले गरेका छौँ।’

शनिबार बिहान चिया खाएर साथीहरुसँग कुराकानी गर्दै गर्दा उनी एक्कासी बेहोस भएर ढलेका सँगै बसेकाहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस्