News Portal

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

रातोपोस्ट संवाददाता
९८३ पटक

पोखरा। गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्