News Portal

एमसिसी विरुद्ध झापामा विप्लव नेकपाकाे प्रदर्शन

रातोपोस्ट संवाददाता
१४५९ पटक

झापा, असार ६ । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध सम्झौता खारेजको माग गर्दै झापाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

झापाको कनकाई, दमक, बुद्दशान्ति, मेचिनगर लगायतका स्थानमा बिराेध प्रदर्शन गरि काेणसभामा परिणत भएको र उक्त शभालाई पार्टीका जिल्ला नेताले सम्बाेधन गरेको नेकपा झापाले जनाएको छ।

सम्बाेधनका क्रममा नेताहरुले राष्ट्रघाती एमसिसि परियोजना कुनै हालतमा स्विकार्य नहुने बताउँदै राष्ट्रघातका विरुद्ध सबै जनताले एकजुट हुँदै अगाडि बढ्नुपर्ने बताए ।

यसअघि पनि उक्त पार्टीले झापामा एमसिसिका विरुद्ध मसाल जुलुस समेत प्रदर्शन गरिसकेको छ । भुमिगत राजनिती गर्दै आएकाे उक्त पार्टीले झापाको विभिन्न नगर तथा गाउँपालिकामा आफ्नो सक्रियता कायम राखेकाे छ।

प्रतिकृया दिनुहोस्