News Portal

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ३८ हजार नाघ्यो

रातोपोस्ट संवाददाता
५११ पटक

काठमाडौं, असार २३ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३८ हजार ५ सय ११ रहेकाे छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या संख्या ५ लाख ३८ हजार ५ सय ११ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्