News Portal

सांसद सिटाैलाले लिइन् पद तथा गोपनियताको सपथ

रातोपोस्ट संवाददाता
३६८ पटक

काठमाडौ, साउन १४ । प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सरिता गिरी सांसदबाट पदमुक्त भएपछि उनको ठाउँमा नियुक्त सिटौलालाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका छन्।

संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको सांसद पदमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसआर्य महिलाको सूचीबाट दुई दिनअघि निर्वाचन आयोगले निर्वाचित गरेको हो।

प्रतिकृया दिनुहोस्