News Portal

एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

रातोपोस्ट
६६० पटक

काठमाडौं,साउन २५ । आज नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुली कमलामाई नगरपालिका–९ बाट पक्राउ गरेको छ ।

आयोगले उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको जनाएको छ ।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् ।

आयोगले आरोपी गुप्ताको अनुसन्धान भइरहेको जनाएको छ ।रासस

प्रतिकृया दिनुहोस्