News Portal

काेराेना मिटर : विश्वभर एकै दिन २ लाख ७५ हजार संक्रमित थपिए

रातोपोस्ट संवाददाता
८२५ पटक

काठमाडौ, साउन २९ । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमित मध्ये १ करोड ३६ लाख संक्रमित उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार संक्रमित थपिँदा कूल संक्रमितको संख्या ५३ लाख ५९ हजार पुगेको छ भने ब्रजिलमा ५८ हजार संक्रमित थप हुँदा कुल संक्रमितको संख्या ३१ लाख ७० हजार पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा रसियामा ५ हजार, दक्षिण अफ्रिकामा २८ सय, मेक्सिकोमा ६ हजार ६ सय, कोलम्बियामा १२ हजार तथा स्पेनमा ३ हजार संक्रमित थपिएका छन्।

प्रतिकृया दिनुहोस्