News Portal

भारतको उत्तरप्रदेशका गृहमन्त्रीको कोरोनाबाट मृत्यु

रातोपोस्ट
५५५ पटक

एजेन्सी, साउन ३२ । भारतको उत्तर प्रदेश राज्यका गृहरक्षक मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित चौहानको उपचारका क्रममा गुरुग्रामको मेदान्त अस्पतालमा मृत्यु भएको हो ।

पूर्वक्रिकेटरसमेत रहेका ७२ वर्षीय चौहानलाई गत जुलाई १९ मा कोभिड–१९ पुष्टि भएको थियो ।

चौहान उत्तर प्रदेश सरकारको सैनिक कल्याण, गृहरक्षक तथा नागरिक सुरक्षामन्त्री थिए ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गृहमन्त्री अमित शाह लगायतले समवेदना दिएका छन् । चौहान भारतीय क्रिकेट टिमको अहम ब्याट्सम्यानको रुपमा रहिसकेका छन् । उनले ४० टेस्ट र ७ एकदिवसीय भारतीय टिमबाट खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस्