News Portal

अवैध रक्तचन्दनको कारोवार गर्ने चारजना पक्राउ”

प्रविण अधिकारी
४९३ पटक

काठमाडौं,  असोज ६ । अवैध रुपमा रक्तचन्दन को कारोबार गर्ने चार जना युवाको समुहलाई महानगरीय अपराध महाशाखाकाे विशेष प्रहरी टाेलिले पक्राउ गरेको छ।

रक्तचन्दनको काराेबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा यही आइतबार महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा- ६ बौद्व तीनचुले बुद्वभुमि टोलमा रहेको डमरु फर्निचर कारखानामा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले सो कारखाना भित्र लुकाईछिपाई राखेको अवस्थामा २१ के.जि. रक्तचन्दन जस्तो देखिने दुई वटा मुडा सहित चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गा.पा.वडा- ५ ठण्डापानि घर भई हाल काठमाडौं वडा- ६ बौद्ध तिनचुले बस्ने बर्ष १८ का सुनिल तामाङ,नुवाकोट म्याजम गा.पा.वडा- ५ घर भई हाल काठमाडौं वडा- ६ बौद्ध तिनचुले बस्ने बर्ष २८ को ओम बहादुर तामाङ,काभ्रे तिमाल गा.पा.वडा- ८ घर भई हाल ललितपुर पाटन बस्ने बर्ष २९ को कर्नेस तामाङ र सिन्धुपाचोक हेलम्बु गा.पा.वडा- ६ घर भई हाल काठमाडौं वडा- ६ बौद्ध तिनचुले बस्ने बर्ष ४२ को लाक्पा लामा रहेको प्रहरीले जानकारी दिएको छ।

उनिहरुकाे साथबाट अन्दाजी १,८६,१५० रुपैयाँ बराबरकाे रक्तचन्दनको दुई वटा मुडा (एउटा १६ के.जि र अर्को ५ के.जि गरी जम्मा २१ के.जि) बरामद गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्