News Portal

मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
९१२ पटक

हेटौंडा, असोज ७ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको देउरालीमा पहिरोले जीप पुर्दा एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौंडाका लागि छुटेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जीप पहिरोले पुर्दा एक पुरुषको घटनास्थलमै भएको  प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार माथिबाट खसेको चट्टान र माटोले जीप पुरिएको हो ।

पहिरोमा बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पनि पुरिएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्