News Portal

कोरोना संक्रमणबाट बर्दियामा क्याम्पस प्रमुखको मृत्यु

रातोपोस्ट संवाददाता
४९४ पटक

नेपालगञ्ज, असोज १० । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद अग्रवालको मृत्यु भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय अग्रवालको उपचारका क्रममा शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो। चार दिनअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।

होम आइसोलेशनमै बस्दै आएका उनको श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याइए लगत्तै उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको बताए।

प्रतिकृया दिनुहोस्