News Portal

दस दिनअघि वेपत्ता आमा-छोरीको शव फेला

रातोपोस्ट संवाददाता
१३८८ पटक

बाजुरा,२६ असाेज। बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडीबाट १० दिनअघि बेपत्ता रहेका चार छोराछोरी र आमामध्ये दुई जनाको शव आइतबार कर्णाली किनारमा फेला परेको छ ।
आमा सत्ता नेपाली र छोरी सन्तोषी नेपालीको शव फेला परेको र बेपत्ता अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

रुगिन गाउँ घर भई हाल हिमाली गाउँपालिका–५ कवाडीमा बस्दै आएका ३० वर्षीया सत्ता र ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती अघिल्लो शुक्रबार बेपत्ता भएका थिए । आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको आशंकामा प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए । घटना भएकै दिन एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको थियाे ।

प्रहरीका अनुसार बेपत्ता भएको बिहान सत्ता गाउँमा खलो माग्न गएकी थिइन् तर उनी खलो नपाएर रित्तै फर्किएको श्रीमान् धर्म नेपालीले बताए । उनी गाउँबाट फर्किंदासम्म घरमा श्रीमानले खाना नपकाएकाले दुईबीच खटपटसमेत भएको प्रहरी अनुसन्धानमा खुलेकाे छ ।

प्रतिकृया दिनुहोस्