News Portal

पाँच वर्षीया बालिकालाई बगैँचामा लगेर करणी प्रयास गरेकाे आरोपमा एक पक्राउ

रातोपोस्ट संवाददाता
४८९ पटक

सिरहा,२७ असाेज। पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । यादवले  स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर  जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको  र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्