News Portal

मन्थलिमा राष्ट्रिय वाणिज्य बैंकका तीन कर्मचारी सहित चार जनामा काेराेना संक्रमण पुष्टी

रातोपोस्ट संवाददाता
६६८ पटक

मन्थली, २९ असाेज । रामेछापमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक महिला र दुई पुरुष कर्मचारी सहित थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार २३ गते मन्थली नगरपालिकाबाट ४३ जनाको स्वाब संकलन गरेर पीसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको र जसमध्ये गएराति ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमित हुनेहरूमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक महिला, दुई पुरुष कर्मचारी र मन्थली बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला कर्मचारीमा कोरोना पुष्टि भएको र हाल उनीहरु होम आइसोलेसनमा बसेका छन् ।

पछिल्लो समय रामेछापमा दैनिक रुपमा कर्मचारी र सर्वसाधारणमा संक्रमण देखिन थालेको छ। मंगलबार एकैदिन २३ जनामा कोरोना पुष्टि भएको थियो। कर्मचारीमा कोरोना देखिएपछि मन्थली नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा कात्तिक २ गते सम्मका लागि बन्द गरिएको छ।

प्रतिकृया दिनुहोस्